बैतडी। बैतडीमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् । बैतडीको पाटन नगरपालिका वडा नं ६ पैराड बस्ने ४० बर्षका मदन राम पहरी आइतबार तिर मृत अवस्थामा फेला परेका हुन् ।
घर भन्दा ३० मिटर टाढा भिमलको रुखमा घाटीमा जुटको डोरीले पासो लगाई झुण्डीई मृत अवस्थामा फेला पारेको हो। प्रहरीलाई मृतक पहरीकी श्रीमति धाना पहरीले फोनमार्फत जानकारी गराएपछि प्रहरी सहायक निरिक्षक नरेन्द्र राज भट्टराईको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो।
लाश जाँचका लागि मुचुल्का उठाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनको घरमा लाश राखिएको बैतडी प्रहरीले जानकारी दिएको छ। मृत फेला परेका पहरीको शव अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।यसअघि आइतबार दिउँसो पाटन बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको पनि भेटिएको थियो । पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो ।