बैतडी। बैतडीमा गिट्टीमा मान्छेको टाउको फेला परेको छ । बैतडीको पाटन नगरपालिका–६ मा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको प्रहरीले जनाएको छ। पाटन नगरपालिका–६ तल्लो बजारस्थीत कृर्षि विकास बैँक नजिकै सडक निर्माणका लागि ल्याएको गिट्टीमा टाउको भेटिएको हो।
गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो ठाउँमा टाउकोको कपाल समेत रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। गिट्टी कहाँबाट ल्याएको हो भन्ने कुरा खुल्न बाँकी छ । घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको छ। इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।