बाजुरा। बाजुराको बुढिगंगा नगरपालिकाको दुई वडामा ४ बर्ष अवधीमा २ सय १३ जोडीले बाल बिबाह गरेका छन् । बाजुराको बुढिगंगा वडा नम्मर ९ र १० मा आर्थिक बर्ष २०७६ देखी २०७९ चैत मसान्त सम्म २ सय १३ बाल बिवाह भएको पाइएको हो ।
बुढिगंगा नगरपालिकाको ९ मा ८० बालबिबाह र १० मा १ सय ३३ जोडीले बाल बिबाह गरेको साहस नेपाल लिप्ट परियोजनाले तथ्याकं सार्बजनिक गरेको छ । राष्ट्रिय समस्याको रुपमा रहेको बाल विवाह बाजुरामा अझ जटिल समस्याको रुपमा रहेको देखीन्छ ।
वडा न ९ मा २०७६ देखी २०७९ चैत्र मसान्तसम्म जम्मा १ सय ५४ बिबाह भएकोमा ८० जोडीले बाल बिबाह गरेको पाईएको छ । सो वडामा ७४ जोडीले उमेर पुगेर बिबाह गरेको बाजुरामा संचालित गैर सरकारी संस्था साहस नेपालको लिप्ट परियोजनाले निकालेको तथ्याकंमा उल्लेख गरिएको छ। वडा न ९ को समन्वय तथा साहस नेपालको लिप्ट परियोजना र पिसवीन बाजुराको गुड नेर्भस परियोजनाले २०७६ देखी २०७९ चैत्र सम्मको सर्बेक्षणमा वडा नम्मर ९ को सेरालवाडामा २४ ओटा बाल बिबाह भएको जनाएको छ।
त्यसै गरी सोही वडाको बासुरेमा १६, किमगाउँमा २, काप्रितोलामा ८ डुङग्रीतोलामा १२ जुवापानीमा १४ र बजेडीमा ४ गरी ८० ओटा बाल बिबाह गरेको साहस नेपाल लिप्ट परियोजना पैरवी तथा क्षेमता बिकास सहजकर्ता जुनदेवी बुढाले बताएकी छन। त्यस्तै वडा न १० को समन्वय तथा साहस नेपालको लिप्ट परियोजना र पिसवीन बाजुराको गुड नेर्भसले २०७६ देखी २०७९ चैत्र सम्मको सर्बेक्षणमा बदेडा टोलमा १०, मेलापाखा २४, तिमाडामा २६, सिगाडामा ५५ र देउमाण्डौमा १८ गरी १ सय ३३ जोडीले बाल बिबाह गरेको पैरवी तथा क्षेमता बिकास सहजकर्ता बुढाले बताएकी छन।
सो वडामा ४ बर्षमा २ सय २८ बिबाह भएका मध्य ९५ जोडीले उमेर पुगेर बिबाह गरेका छन भने १ सय ३३ जोडीले बाल बिबाह गरेको पाईएको बुढाले बताइन । शारीरिक र मानसिक रुपमा परिपक्क नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागी उमेरको हदबन्दी तोकिएको भए पनि लागु गर्न समस्या भएको छ। यस्तो समस्या शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका समुदायमा यस्तो समस्या बढी हुने गरेको पाइएको छ। अभिभाकहरुले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको कमै उमेरमा विवाह गर्ने गरेको पाइएको छ। अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुनु जस्ता कारण बालविवाह भैरहेको पाइएको छ । कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने परम्परागत विश्वास बालविवाहको मुख्य कारण बनेको सरोकारबालाहरुले बताएका छन।