धनगढी। धनगढी ४ उत्तरबेहडीमा रहेको नवजीवन अस्पतालले सबै किसीमको उपचार सुबिधा र डाक्टरहरु अस्पतालमा उपलब्ध रहेकोे जनाएको छ। हाल यसै आर्थिक बर्षबाट १०० शैय्यामा स्तरोउन्नती भई सञ्चालनमा रहेको अस्पतालले सबै उपचार र डाक्टरको सेवा सुबिधा यही रहेको जनाइएको हो।
यसअघि नवजीवन अस्पताल २०६८ सालमा स्वास्थ्य बिभाग काठमाण्डौँबाट ५० शैय्याको संचालन स्वीकृती लिई संचालनमा रहेको थियो। हाल अस्पताल संरचनामा ब्यवस्थापनसँगै थप सेवा सुबिधा बिस्तार गरीएपछि अस्पताल मार्फत सम्पुर्ण उपचार र डाक्टर सेवा सुबिधा एकै ठाउँमा उपलब्ध रहेको बताएको हो । अब बिरामीले अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य गरेको अस्पतालका सिइओ चक्र खडायतले बताएका छन । उनले हाल अस्पतालमा डायलाइसिस सेवा, आमासुरक्षा कार्यक्रम, खोप कार्यक्रम,स्वास्थ बिमाबाट पनि पुर्ण रुपमा उपचार तथा शल्यक्रिया पनी स्वास्थ बिमा बाट हुने बताएका छन्।
सेतिमा २,३ वर्ष पछिको शल्यक्रिया समय दिए यता पनि स्वास्थ बिमाको बिरामिले नवजीवनमा गएकै दिन शल्यक्रिया गर्न पाउने बताए। बिरामीले लामो लाइन लाग्न झन्झट बाट मुक्ती र बिदाको दिन पनी उपचार सेवा पाइने रहेको उनले बताए । अस्पतालका सिइओ चक्र खडायतले हरेक बिरामिको उपचार नवजीवन अस्पतालमा रहेको र डायलाइसिस सेवा, सिटी स्क्यान सेवा २४ सै घण्टा, डिजिटल एक्सरे सेवा रहेको बताएका छन् । यस्तै
आमा सुरक्षा कार्यक्रममा सेतिमा पालो पाउन गाह्रो भएको बेला नवजीवन अस्पतालले गर्भवती महिलाको लागि सेतिमा लाग्ने खर्चमा नै उपचार गर्दै आएको उनको भनाई छ। c/s को पैसा सेतिमा पनि लाग्दैन, नवजीवन अस्पतालमा पनि लाग्दैन, उनले भने। यस्तै हरेक हप्ताको बुधबार खोप कार्यक्रम हुँदै आएको बताइएको छ।
बिमाले ओगटेको सबै औषधि उपलब्ध, बिदाको दिन पनि स्वास्थ बिमाको उपचार पाइने, बिमा बाट सिटी स्क्यान गर्न पाइने सुबिधा रहेको उस्पतालले जनाएको छ । साथै अस्पतालमा बिभिन्न विभागबाट बिशेषज्ञ चिकित्सकहरुद्धारा उपचार तथा शल्यक्रिया सेवा सुबिधा उपलब्ध रहेको जनाइएको छ । हाल नवजीवन अस्पताल नयाँ ब्यवस्थापन सहित सेवासुबिधा मार्फत सञ्चालनमा रहेको छ । अस्पतालबाट बरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन, प्रसुती तथा महिला रोग,बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटुरोग बिशेषज्ञ प्रत्येक दिन सेवा प्रदान गर्दै आएको छ।
यस्तै बरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा,मुटुरोग विशेषज्ञ डि एम कार्डियोलोजी, बरिष्ठ छाला चर्मरोग, एलर्जी, यौन गुप्तरोग तथा सौन्दर्य बिशेषज्ञ,नाक कान तथा घांटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल तथा बरिष्ठ फिजीयोथेरापी प्रत्येक दिन सेवा प्रदान गरिरहेकोे छ । रेडियोलोजी सेवा, रंगिन भिडीयो एक्सरे सेवा लगायत आइसियु एनआइसियु डायलासिस, स्वास्थ्य बिमा सेवा प्रत्येक दिन २४ सै घण्टा उपलब्ध रहेको जानकारी गराएको छ । बरिष्ठ नेफोलोजि, डायलासिस बिषेशज्ञ सेवा पनी प्रदान गरिरहेको छ।