धनगढी। एसपीए कलेजले सुरु गरेको ५०० मिटर सफाईं अभियानमा धनगढी क्रिकेट एकेडेमी, डिसिएले साथ दिएको छ । डिसिएले आफ्नो ५०० मिटर क्षेत्रभित्र पर्ने फाप्ला क्रिकेट मैदानको सरसफाईंको जिम्मा लिदैँ उक्त अभियानमा ऐक्यवद्धता जनाएको हो।
शुक्रबार एसपीएले सन्तोषी टोलको ५०० मिटर क्षेत्र सफाईंको जिम्मा आफूले लिदैँ उक्त अभियानको शुभारम्भ गरेको थियो । संघसंस्थाले आफ्नो ५०० मिटर क्षेत्र सरसफाईंको जिम्मा सफा र स्वच्छ धनगढी बनाउँने अभियानले सार्थकता पाउने भन्दै एसपीएले उक्त अभियानको घोषणा गरेको हो ।एसपीएले उक्त अभियानमा जोडिन आह्वान गरेपछि आफूहरुले शनिबार ूसफा मैदान(स्वास्थ खेलाडीू नाराका साथ फाप्ला मैदान सरसफाईंको जिम्मेवारी लिएको डिसिएका प्रबन्धक समुयल न्यौपानेले बताए ।
यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता चलिरहेका बेला फाप्लामा शनिबार डिसिएका प्रशिक्षणरत खेलाडीहरु, प्रशिक्षक र अफिसियलहरुले फाप्ला क्षेत्रको सरसफाईं गरेका थिए । हरेक हप्ता यो अभियानलाई निरन्तरता दिइने प्रबन्धक न्यौपानेले जनाए ।हामी धनगढीका विभिन्न बिद्यालयरसंस्थाहरू संग सहकार्य गरि धनगढी सरसफाइ अभियानलाई निरन्तरता दिनेछौं ।“फाप्ला क्रिकेट मैदान नियमित रूपमा सरसफाइ गर्ने जिम्मेवारी हामी लिन्छौं । समुदायमा रहेका मैदान, धार्मिक स्थल, टोल जस्ता सार्वजनिक स्थलको सरसफाइको जिम्मेवारी लिनुहुन सम्पूर्णमा आव्हान गर्दछौं ।” प्रबन्धक न्यौपानेले बताए ।