बैतडी। बैतडीमा दुम्सीका लागि थापेको पासोमा फसेको चितुवा पासो चुँडालेर भागेको छ। बैतडीको सिगास गाउँपालिका ९ भौतीमा किसानहरुले आलुबारीमा दुम्सीका लागि थापेको पासोमा चितुवा परेको थियो । गएराती चितुवा पासोमा परेर फसेको थियो ।
डिभिजन वन कार्यालयका निमित्त प्रमुख दिलिप यादवले चितुवाको एक खुट्टा मात्रै पासोमा परेको र पासो चुँडालेर भागेको जानकारी आएको जानकारी दिए। चितुवा पासोमा फसेको जानकारी आएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट समेत टोली बैतडीका लागि हिँडेको थियो।पासोमा फसेको चितुवा भागेपछि राष्ट्रिय निकुञ्जको टोली बाटोबाटै फर्किएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख यादवले बताए ।
उनले पासोमा फसेको चितुवा भागेकोले त्यसपछि निकुञ्जको टोली बाटोबाटै फर्किएका बताए। पछिल्लो समयमा बैतडीमा पासोमा परेर चितुवा मर्ने क्रम बढ्दै गएको छ। डिभिजन वन कार्यालय बैतडीले अन्य जंगली जनावरबाट बालीनाली जोगाउन किसानहरुले थापेको पासोमा चितुवा परेर मर्ने क्रम बढेको बताएको। बैतडीमा पासोमा फसेर अहिले सम्म१२ चितुवा मरीसकेका डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।