धनगढी। १३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको कैलालीलाई ट्रफि र नगद पुरुस्कार हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम खेलकुद परीसदका सदस्य सचिव दिपक वहादुर सिहले एक कार्यक्रम बिच कैलालीका अध्यक्ष ललित खत्रीलाई ट्रफि र २५ हजार हस्तान्तरण गरेका हुन ।
सुदूरपश्चिमका बिभिन्न जिल्लामा भएका खेलमा कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको थियो। ट्रफि बुझ्दै कैलाली जिल्ला अध्यक्ष खत्रिले खेलाडीको मेहनत र लगनशीलताले गर्दा नै पहिलो भएको बताए । खेलाडी माथि हुने राजनितीका कारण बिगतका बर्षमा कम मेडल पाउने गरेको बताउदै उनले अबका दिनमा खेलकुदमा राजनिति बन्द गर्ने बताए ।सदस्य सचिव सिहले सुदूरपश्चिमको खेलकुद बिकासका लागि सधै लागि रहने प्रतिबद्धता ब्यक्त गरे।
सुदूरपश्चिम खेलाडी उत्पादन गर्ने उर्वर भुमि रहेको बताउँदै उनले देशको खेलकुद सुदूरपश्चिमले धानेको बताए। यस्तै प्रतियोगिमा दोस्रो हुने कन्चनपुर र तेस्रो हुने डडेल्धुरालाई पनि ट्रफि र नगद पुरुस्कार हस्तान्तरण गरको छ । ट्रफिसगै कन्चनपुरले नगद १५ हजार र डडल्धुराले नगद १० हजार प्रदान गरिएको हो । कन्चनपुरले १० स्वर्ण, १४ रजत, १० कास्य गरी ३४ पदक हात पार्दै दोस्रो भएको थियो भने डडेल्धुराले ४ स्वर्ण, ८ रजत, ९ कास्य गरी २१ पदक हात पारेको थियो ।