बाजुरा। बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्रविन्दु भएर ४ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
आजको भूकम्पबारे थप विवरण आउन बाँकी छ। पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा लगातार भूकम्पको धक्का महसुस हुँदै आएको छ। यसअघि पटक पटक बाजुरामा भूकम्प गएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बाजुराको बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको थियो। चैत १२ गते राति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प, चैत १६ गते बुधवार बेलुका ५ बजेर ३७ मिनेटमा बाजुराको बिछिया आसपास ३.७ रेक्टरको भूकम्प गएको थियो ।
गत माघ १० गतेपछि बाजुरामा पटक–पटक भूकम्प गइरहेको छ। सुदूरपश्चिम प्रदेशमा ७ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १० वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ। कात्तिक २२ गते खप्तडबाबाको आश्रम आसपास केन्द्रविन्दु भई भूकम्प गएयता ४ रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएकोमा १४ वटाको केन्द्रविन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताए।
सोमबार दिउँसो ४ बजेर १ मिनेटमा जाँदा बडिमालिका केन्द्रविन्दु भई ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको छ। देशका पश्चिमी भागमा गएका १५ भूकम्पमध्ये सबैभन्दा बढी बाजुरामा ६ पटक भूकम्प गएको छ। कात्तिक २२ गते डोटी केन्द्रविन्दु भई आएको भूकम्पमा मानवीय क्षतिसमेत भएको थियो।१६ वटा भूकम्पमध्ये १२ सुदूरपश्चिम प्रदेशका विभिन्न मागमा र चार कर्णाली प्रदेशका विभिन्न मागमा रहेका छन्। चार रेक्टर स्केलका एक हजारभन्दा धेरै पराकम गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
कार्तिक महिनामा डोटी जिल्लामा स्थानीय म्याग्निट्यूड ६ दशमलव ६ को शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प जमिनको सतहभन्दा २७ दशमलव ३ किलोमिटर तल उत्पत्ति भएको हो। गत कात्तिक महिनामा डोटी जिल्लामा लोकल म्याग्निट्यूड ६ दशमलव ६ को भूकम्प गएको थियो। उक्त भूकम्पका कारण धनजनको पनि क्षति भयो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले डोटीमा भूकम्प गएपछि धेरै परकम्पहरू मापन गरिएको बताएकी थिइन्। पश्चिम नेपालमा ५ सय वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्ले बताएका छन् ।