धनगढीको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरले हेल्प फर हेप्पीनेसका सदस्यलाई उपचार शुल्कमा छुट दिने भएको छ।
मंगलवार सौभाग्य हस्पिटल र हेल्प फर हेप्पीनेस सुदूरपश्चिमबीच उपचार शुल्कमा छुट दिने सम्झौता पत्र आदानप्रदान भएको हो। हस्पिटल सञ्चालक समितिका अध्यक्ष दिनेशराज जैशी र हेल्प फर हेप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।