बाजुरा। बाजुराको बडिमालिकामा केन्द्रबिन्दु बनाएर सोमबार दिउसो ४ बजेर १ मिनेटमा भूकम्प गएको छ। नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
गत माघ १० गतेपछि बाजुरामा पटक पटक भूकम्प गैरहेको छ । ती भूकम्पबाट प्रभावित बनेकाहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन । उनीहरू त्रसित छन् । सुदूरपश्चिम प्रदेशमा ७ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १० वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ।