बाजुरा। बाजुरामा एक जना बालकमा कालाजार देखीएको छ। बाजुराको हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका ६ वर्षीया बालक निमाछिरिङ थापालाई कालाजार रोग देखा परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ। उनि ३ महिना देखी बिरामी भएको र उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा ल्याएपछी उनलाइ कालाजार रोग देखा परेको अस्पतालले जनाएको छ।
लगातार तीन महिनादेखि विरामीले थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा पनि निको नभएपछि बुधबार राती जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना गरिएको र चेकजाँच गर्दा कालाजार रोग भेटिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए। उनले दिएको जानकारी अनुसार बालकमा कालाजार,कुषेषण र शरिरमा २ प्वाइन्ट मात्र रगत भएकाले ज्यान नै जोखिममा रहेको बताए। रगतको मात्रा कम भएको र बालकलाई आइसीयुमा राख्नुपर्ने अवस्था रहेकाले सुविधायुक्त अस्पतालमा उपचारका लागि रिफर गर्ने तयारी गरिएको सूचना अधिकारी गिरीले बताए।