कैलाली। सुदूरपश्चिम प्रदेशमा आज विहीबार एकै दिन २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
विहीबार ७ सय ८० जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गर्दा २१ जनामा र २४ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । कोरोना पोजेटिभ देखिएका कैलालीका १८ जना, बैतडीका चार जना र कञ्चनपुर जिल्लाका २ जना रहेका छन्।