धनगढी। कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले बिभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादी पक्राउ परेका हुन् । कैलालीको धनगढी उपमहानगरपालिका १३ का २९बर्षीय सुशिल चौधरी र सोही स्थानका ३० बर्षीय बालगोबिन्द रानालाई पक्राउ गरेको प्रहरीलेले जनाएको छ ।
उनीहरु दुबैजनालाई लागुऔषध मुद्दामा कैलाली जिल्ला अदालतले मिति २०७७ चैत ११ गतेको फैसलाले ३ महिना २३ दिन कैद तोकिएको थियो। यस्तै कैलालीको गौरीगंगा नगरपालिका ३ का २३ बर्षीय देशराज राजी पक्राउ परेका छन्। वन मुद्दामा फरार रहेका राजीलाई कैलाली जिल्ला अदालतको मिति २०७६ मंसिर ४ गतेको फैसलाले रु ५१ हजार ५ सय ४४ जरिवाना तोकेको थियो। फरार रहेका उनीहरु तिनै जना प्रतिवादीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका उनीहरुलाई कैलाली जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ।