कञ्चनपुर। कञ्चनपुरमा अवैध कुखुरा स्थानीयले नियन्त्रणमा लिएका छन्। कञ्चनपुरको बेलौरीमा सोमबार मध्यराति भारतबाट अवैध भित्र्याएको कुखुरा स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
कुखुरा पालन किसान समुहले से.४प. ५६८३ नम्बरको मोटरसाईकलमा भारतबाट ल्याउँदै गरेको करिब डेढ क्विन्टल ब्रोईलर कुखुरा, मोटरसाइकल र संलग्न व्यक्तिलाई ईलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाएको छ।
मध्यराती नै ईलाका प्रहरी कार्यालयमा पुगेर जिम्मा लगाउन खोज्दा एक प्रहरी सहायक निरिक्षकले कुखुरा सहितको मोटरसाईकल बुझ्न आनाकानी गरेको कुखुरा पालन किसान समुहका अध्यक्ष प्रकाश तामाङ्गको आरोप छ। लामो प्रयासपछि प्रहरीले अवैध कुखुरा नियन्त्रणमा लिएको उनले बताए। तर इलाका प्रहरी कार्यालयले भने अवैध कुखुराको विषयमा सामान्य सोधपुछका क्रममा केहि समय लागेपनि प्रहरीले नियन्त्रणमा नलिने भन्ने विषय नभएको बताइएको छ।