धनगढी। माध्यामिक शिक्षा परीक्षा (एसईई)को आज पहिलो दिन सुदूरपश्चिम प्रदेशमा शान्तीपुर्ण तरीकाले परीक्षा भएको छ। प्रदेशमा माध्यामिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो। विहान ८ बजेदेखि ११ बजेसम्म देशैभर एकैसाथ परिक्षा सञ्चालन भएको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ।
सुदूरपश्चिममा २ सय ८ वटा परीक्षा केन्द्र रहेका छन्। एसईई परीक्षाको पहिलो दिनमा धेरै परीक्षार्थीहरू भने अनुपस्थित देखिएको निर्देशनालयले जानकारी दिएको छ ।प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार तीन सय ७६ परीक्षार्थी रहेकोमा निर्देशनालयका अनुसार प्रदेशमा पहिलो दिन १ हजार २ सय १८ जना अनुपस्थित भएका छन् ।
कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी बिद्यार्थी अनुपस्थीत रहेका पाइएका छन् । कैलालीमा १७२ छात्र १८९ छात्रा गरी ३६१ जना, कञ्चनपुरमा १७२ छात्र १८९ छात्रा गरी ३६१ जना अनुपस्थीत रहेका थिए। यस्तै डोटीमा ४० जना छात्र तथा ५४ जना छात्रा गरी ९४ जना, बाजुरामा २६ छात्र २९ छात्रा गरी ५५ जना, ४४ छात्र ५२ छात्रा गरी ५५ जना, बझाङमा ४४ छात्र ६७ छात्रा गरी ९६ जना, अछाममा ५४ छात्र ६७ छात्रा १२१ जना, दार्चुलामा ३० छात्र १६ छात्रा गरी ४६ जना बैतडीमा ७१ छात्र ५९ छात्रा गरी १३० जना, डडेल्धुरामा १८ छात्र १६ छात्रा गरी ३४ जना गरी सुदुरपश्चिम भरी एक हजार दुई सय ९८ जना परीक्षार्थी अनुपस्थित रहेका शिक्षा विकास निर्देशनालय दीपायलले जानकारी दिएको छ । चैत १९ गते अनिवार्य गणित बिषयको परीक्षा हुने छ।(सुचिसहित)सुदुरपश्चिमका कुन जिल्लाबाट कति परिक्षार्थी छन् ।(सुचिसहित)