बाजुरा। बाजुरामा विद्यालयको पर्खाल भत्किदा घाइते भएका बालकको मृत्यु भएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने क्रमम पर्खाल भत्किएर घाईते भएका कक्षा २ अध्ययनरत ७ वर्षीय कपिल विकको मृत्यु भएको हो।
घाईते भएका बालकको उपचारकालागि धनगढी लैजाने क्रममा बीच बाटोमा मृत्यु भएको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए । उनका अनुसार विद्यालयको पर्खाल भत्केर गम्भीर घाईते भएका बालकको कोल्टीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको थियो। धनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै मृत्यु भएको वडा सदस्य धामीले बताए । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्ररीले जनाएको छ ।