काठमाण्डौँ। सुदुरपश्चिमको मौलिक भाषाको टेलि श्रीखला लक्ष्वा चेला सार्वजनिक गरिएको छ। सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्लाको भाषालाई समेटेर तयार गरिएको टेलि श्रृखंला लक्ष्वा चेला आज सार्वजनिक गरिएको हो । यस श्रृंखलामा एक ठट्यौली सङ्गै परिवारिक कहानीलाई दर्शाउने प्रयाश गरिएको निर्माण कम्पनीले जनाएको छ।
दिपेश सिह ठगुन्नाको निर्देशन तथा छायांकन रहेको टेलि श्रृखंलामा कथा लेखन प्रकाश पैतोलाको रहेको छ । यस्तै पात्रहरुमा (लक्ष्वा )को भुमिकामा हिक्मत बोहरा, (झिर्कुली) गुड्डु ओलि, इजरे (सौकार) गौरभ जोशि,(सौकार्नी) हिना भट्टराई रहेका छन्। यस्तै सम्दीमा टेक बहदुर ऐर( पद्द्वो ), लक्ष्वाका चेलाहरुमा गणेश बोहरा, राम्बहदुर खत्री नरेश जोशी, रोज भट्ट, मिलन बम रहेका छन्। जस्मा मुख्य भुमिकाको लागि एक परिवारलाई समेटिएको छ।
लक्ष्वा भन्ने एक ब्यक्तीका ७ ओटा छोराहरु हुन्छन्।जो एकदम मूर्ख र अनपढ हुन्छन्। यसै मूर्ख अनपढ छोराहरु कै जीवनशैलीलाई मुख्य कहानीमा जोडिएको छ । साथै मान्छे जस्तै अनपढ मूर्ख भएपनि आफ्नो संस्कार र संस्कृती भुल्नुहँुदैन भन्ने यी ७ छोराहरुको अभिनय जीवन शैलीमा दर्साइएको छ । भने अर्कोतर्फ गाउँका धनी भलादिमीहरुले पहिला पहिला कसरि आफुभन्दा गरिब परिवारहरुलाई शोषण गर्ने गर्थे भन्ने बिषयलाई पनि सङ्गै देखाएको छ । अनि मान्छेजस्तै धनी पढेको होस् तर यदि मनवता छैन भने त्यो मान्छेको कुनै अस्तित्व रहँदैन भन्ने टेलि श्रृखंलामा देखाएको छ।
साथै समाजमा हुँदै गरेको हरेक एक एक साना साना कृयाकलापहरुलाई जोड्दै लैजाने निर्देशन तथा छायांकन दिपेश सिह ठगुन्नाले बताए। यस्मा अहिले सानो परिवार मात्र जोडेका छौ उनले भने । यो टेलि शृङ्खला sital films youtube channel बाट प्रशारण हुनेछ । यस शृङ्खलाबाट सुदुरपश्चिमका केही कलाकारहरुकोलागि आफ्नो आफूमा भएको क्षमता कलाकारिता प्रतीको लगन्सिल र ठाउँ नपाएर बसेको धेरैजसो नव कलाकार हरुको लागि आफ्नो कला प्रस्तुत गर्ने एउटा माध्यम बन्ने उनले बिश्वास ब्यक्त गरे । यस्तै समाजमा भैरहेका बिकृती बिसङतीहरुको पनि टेली श्रृन्खलामा समेट्ने प्रयास गर्ने बताएका छन्।भिडीयोसहित तल हेर्नुहोस्