बाजुरा। बाजुरामा रहेका ३ ओटै क्याम्पसमा तालाबन्दी गरिएका छन। स्ववियू निर्बाचन निजकिदै गर्दा बिद्यार्थी नेताहरुले लगाएको तालबन्दी अहिलेसम्म खुल्न सकेको छैन्। चैत ५ गते भएको स्ववियू निर्बाचननका क्रममा नेकपा एकिकृत समाजबादीको बिद्याथी संगठन अनेरास्वबियू, नेबिसघ लगायत अनेरास्वबियु बिच धादली भएपछि मतदान स्थगित भएको भएको थियो।
मतदानको माग सहित क्याम्पसमा बिद्यार्थी नेताहरुले अनिश्चित तालाबन्दी गरेका हुन्। बाजुराको तल्लो क्षेत्रमा रहेको सुदुरपश्चिम बिस्वबिद्यालयको आङिक क्याम्पसको रुपमा रहेको बडिमालिका क्याम्पसबाट तालाबन्दी गर्न सुरु गरिएको हो। अनेरास्ववियुले बिद्यार्थी भर्नामा नेबिसंघले धाँदली गरेको भन्दै बडिमालिका क्याम्पसमा तालाबन्दी गरेको छ। क्याम्पसमा तालाबन्दी भएको र कहिले खोलिने भन्ने बिषयमा अनिश्चित बनेको क्याम्पसले जनाएको छ।
त्यसै गरी सुदुर पश्चिम बिश्वबिद्यालय अन्तरगत आङिक क्याम्पस बाजुरा क्याम्पसमा पनि तालाबन्दी गरिएको छ। बाजुरा क्याम्पसमा नेबिसघं बाजुराले तालाबन्दी गरेको हो। बिद्यार्थी भर्नाको बिषयलाई लिएर बाजुरा क्याम्पसमा तालाबन्दी गरेको नेबिसंघले जनाएको छ ।त्यस्तै जिल्लाको पुर्विउत्तरी क्षेत्रमा रहेको बुढीनन्दा क्याम्पस पनि सोमबार देखी तालाबन्दी गरिएको छ। त्रिभुवन बिश्वबिद्यालय अन्तरगत रहेको बुढिनन्दा क्याम्पसमा ५ गते भएको स्ववियू निर्बाचनमा धादली भएको र पुन मतदानको माग सहित नेबिसघ लगायतका सरकारको गठबन्धन दलका बिद्यार्थी संगनहरुले तालाबन्दी गरेको जनाएको छ।