पार्टी र संगठन भित्र आफु बन्ने प्रतिस्पर्धामा सिङ्गो पार्टी र संगठनलाई धरापमा पार्नु के यो जायज छ र ? हिजो तपाईंको स्कुलीग्ङमा हुर्केका र स्थापीत भयका हामीले तपाईले गरेझै पार्टी र संगठन भित्रको गलत प्रबिधि र अराजकताको बिरोध गर्दा हिजोको दिनमा तपाईं ठिक तर आजको दिनमा किन हामी नराम्रो भयौ ?
तपाई त हामी भन्दा हरेक हिसाबले अब्बल हामीले चुनेर नेतृत्वमा पठायको नेता के तपाईंले पार्टी र संगठन भित्रको द्धन्द्ध, मनमुटाव, टकराब र असमझदारी लाई मिलाउने तपाईको दायित्व हैन ? के तपाईं लाई हामी र तपाईं नभय पछि पार्टी र संगठन चल्दैन झै लाग्छ ?
पार्टी भित्र काम गर्ने कालू मकै खाने भालु भनेझै हुनु के राम्रो हो ? तपाईं त बैचारिक हिसाबले खारियको नेता के तपाईले पार्टी र संगठन भित्रको द्धन्द्ध र असमझदारी बढाउने र गर्ने लाई एउटै टेबलमा बसायर बहस चलायर पार्टीको पद्धति नियम बिधी बिधान भित्र समेटेर बाध्नु र राख्नु पर्दैन ?
के तपाई एउटा झुन्डको मात्र नेता हुन खोजेको हो ?
आफ्ना स्वार्थ पुर्ती गर्नका लागि आफ्नै युवा र विद्यार्थी भित्र बिभाजन ल्याउनु के राम्रो हो ?
तपाईंले गर्ने निषेध को राजनीति कहिले सम्म चल्ने हो ?
तपाईं भन्नू हुन्थ्यो राजनिती मा स्थाई मित्र र सत्रु कोहि पनि हुदैन तर हामिलाई स्थाई सत्रुको दर्जा किन ?
तपाईले गएको चुनाब हारिसके पछि के तपाईले आफ्नो अन्तरमन भित्र समीक्षा गर्नु भयो ?
टिकट त तपाईं दिने ठाउँमा हुनुहुन्छ तर तपाईं के फेरि पनि चुनाब जित्न सक्नु हुन्छ ?