बाजुरा। बाजुराको बुढिनन्दा नगरपालिकाको कार्यालयमा तोडफोड गरिएको छ । नेविसंघका कार्यकर्ताले नगरपालिकाको कार्यालयको मुल ढोका पछाडि सबै भाग तोडफोड गरिएपछि जिल्लाबाट थप सुरक्षा समेत पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
आईतबार दिउँसो (स्ववियु)निर्वाचनका क्रममा स्थिति तनावग्रस्त भएको र साझतिर नगरपालिकाको भवनमा ढुगांमुढा प्रहार गरी क्षेती भएको छ। आइतबार राति थप घटना घट्न सक्ने भन्दै कर्फ्यु समेत लगाएको थियो । चुनाव स्थगित लगत्तै आक्रोशित भिडले नगरपालिकाको तीन वटा मोटरसाइकलमा आगजनीको प्रयास गरेको नगरपालिकाले जनाएको छ।
नेविसंघ लगायतको गठबन्धनका बिध्यार्थीहरूले खुकुरी देखाउदै निर्वचान भाड्न खोज्दा भिडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर समेत गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बाजुराको बुढिन्नदा क्याम्पसमा मतदान सुरू भए देखि पटक पटक स्थगित हुँदै सुरू गर्दै आएको र १२ बजेपछि भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएको प्रहरीले जनाएको छ । बुढिन्नदा क्याम्पसका ४ सय १२ जना मतदाता रहेका छन। ३ बजेपछि मतदान रोकिएको छ। सोमबार बिहान जिल्लाबाट थप शुरक्षा समेत पठाइसकेको सुरक्षा समितिले जनाएको छ ।