डोटी। डोटीमा नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । डोटी बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचन स्थगित गरिएको विषयलाई लिएर प्रशासन घेराउ गरिएको हो। अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थीसंगठनहरुले मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरिएको विज्ञप्ति प्रकासन गरेको छ ।
फर्जीमत खसालेको भन्दै केही बिद्यार्थीहरुले मतदान केन्द्रको झ्याल ढोका तोडफोड गरेर मतपेटिका समेत तोडफोड गरेका हुन् । सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको अवस्थामा उच्छिर्खल तत्वहरू मतदान केन्द्रमा प्रवेश गरेर मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू तोडफोड गरेका कारण निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्क बहादुर कलेलले बताए।
नेपाल विद्यार्थी संघ नगर सभापति राम कठायतले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै मतदान सुचारु नगरिए कडा आन्दोलनमा उत्रिने बताए । नेविसंघसँग परामर्श नै नगरेर एकलौटी रुपमा निर्वाचन स्थगित गरिएको उनले बताए । नेपाल विद्यार्थी संघको जीत सुनिश्चित देखेपछि मतदान स्थलमा तोडफोड भएको नेविसंघको आरोप लगाएको छ । सुरक्षाकर्मीले समेत निर्वाचन केन्द्रको सुरक्षामा लापरबाही गरेको विद्यार्थीहरूको आरोप छ।
नेविसंघले मतदान केन्द्रको सुरक्षामा खटिएर लापरबाही गर्ने सुरक्षाकर्मीलाई समेत कारबाही गर्नु पार्ने माग राखेको छ।मत पेटिकासँगै अन्य सामाग्रीमा पनि क्षति भएको भन्दै निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले जानकारी दिए । केही उश्रृंखल तत्त्वहरू मतदान तत्त्वहरू मतदान स्थलभित्र प्रवेश गरेर मतपेटिका लगायत अन्य सामाग्री तोडफोड गरेको हुँदा मतदान गर्न गराउन सम्भव नभएकाले निर्वाचन स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ ’उनले जारी गरेको सूचना भनिएको छ।