डोटी। डोटी जिल्लामा जिप दुर्घटनामा परेका घाईतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ सिलगढी देखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर मङ्गलवार दुर्घटना भएको थियो।
जिप र मोटरसाईकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्ला सुरक्षा समिति डोटीको समन्वय तथा पहल र नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। दुर्घटनामा परि ७ जना घाइते भएका थिए।
७ जना मध्ये गम्भीर अवस्थाका दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की ६५ वर्षीय धौली देवी बिस्ट र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षका विष्णु बोहराको जिल्लामा उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले बताए। यस्तै अन्य घाईते दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की २४ वर्षीया दुर्गादेवी विष्ट, २९ वर्षीया टंक कुमारी उपाध्याय, १ बर्षय सिर्जन बिष्ट, बड्डी केदार गाउँपालीका १ का जनक बिष्ट र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का मान बहादुर बिष्ट रहेका छन्।अहिले घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।