कैलाली। सुदूरपश्चिमका ३ जिल्लामा बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ। पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार सुदूरपश्चिमका कैलाली कञ्चनपुर र डडेलधुरामा बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको हो। अफ्रिकन स्वाइन फिभरको संक्रमणले सुदूरपश्चिममा बंगुर मर्न थालेका छन्।
कार्तिक १५ मा कैलालीमा देखिएको संक्रमण अहिले कञ्चनपुर र डडेलधुरामा समेत देखिएको छ। नेपालमा जंगली बँदेलमा समेत संक्रमण देखिएको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ । पशुपंक्षी रोग प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेश जोशीले कैलाली र कञ्चनपुरमा बंगुर पालन बढी रहेको र सो क्षेत्रमा संक्रमण बढीरहेको बताए। पाँच प्रतिशत बढीमा संक्रमण देखिएको बताए । उनले अहिलेसम्म कैलाली र कञ्चनपुरका सबै स्थानीय तहमा संक्रमण देखिएको जानकारी दिए।
कैलाली र कञ्चनपुरमा थारू बस्तीमा स्वाइन फिभरको संक्रमण बढी देखिएको छ। थारू समुदायमा मासु बाँडेर खाने चलन छ, जसका कारण संक्रमित बँदेलको मासु घरघरमा पुग्दा अन्य बंगुरमा समेत सरेको डाक्टर जोशीको भनाई छ। परीक्षण गरे जतिमा संक्रमण देखिएकोले बँंदेलका रगतको नमुना संकलन गरेर पीसीआर परीक्षणका लागि काठमाडौं पठाउने गरिएको बताए। २०७८ चैतमा पहिलो पटक नेपालमा उक्त संक्रमण देखिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा गत साता संक्रमण देखिएको हो।
निकुञ्जको बर्निखेडा क्षेत्रमा मृत भेटिएको बँदेलको पोस्टमार्टमसँंगै पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको डाक्टर जोशीले बताए ।निकुञ्ज क्षेत्रमा पहिलोपटक देखिएको संक्रमणले जैविक विविधतामै संकट आउन सक्ने उनको भनाइ छ। सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा बंगुरको व्यावसायिक पालन भइरहेको छ। सुदूरपश्चिम पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका सूचना अधिकारी पुष्करराज नाथले प्रदेशमा करिब ५० हजार बंगुर रहेकोमा कैलालीमा २४ हजार र कञ्चनपुरमा १४ हजार रहेको बताए।
सूचना अधिकारी नाथका अनुसार कैलाली र कञ्चनपुरमा ५/५ वटा ठूला र १०/१० वटा साना फार्महरू रहेका छन्। स्वाइन फिभरको संक्रमण बढेपछि बंगुर मर्न थालेपछि व्यवसाय चिन्तीत बनेका छन् । भने बंगुर पालन प्रभावित भएको छ। स्वाइन फिभरको संक्रमण पहिलोपटक अफ्रिकी मुलुकमा देखिएको र हालसम्म उपचार पत्ता नलागेको बताइएको छ । संक्रमण हुन नदिन जैविक सुरक्षा ९भौतिक दूरी० अपनाउनुपर्ने पशुपंक्षी रोग बिशेषज्ञले बताएका छन्। यस्तै जंगली बंँदेलमै पनी संक्रमण देखिँएपछि जैविक सुरक्षा अपनाउन नसकिने हुँदा चुनौती र असम्भब जस्तै भएको छ ।