धनगढी। धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि भएको कुटपिट घट्ना प्रति नेपाल पत्रकार महासङ्घले घोर भर्त्सना र निन्दा गरेको छ। पत्रकार महासङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ऐरमाथि धारिलो बस्तुले टाउकोमा प्रहार गरिएको घट्ना प्रति महासङ्घले घोर निन्दा गरेको जनाएको छ।
धनगढी खबरमा कार्यरत शेरबहादुर ऐरमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारमाथि भएको यस आक्रमणको महासंघ भर्त्सना र निन्दा प्रकट गर्दछ,’ पत्रकार महासङ्घका महासचिव रामसिंह ठगुन्नाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
शनिवार राति रुवस होटलमा अज्ञात व्यक्तिले उनीमाथि कुटपिट गर्दा उनको टाउकोको पछाडि पट्टी भागमा चोट लागेको छ। होटलको प्रवेशद्धवारमा अचेत अवस्थामा भेटिएका थिए। ऐरको शनिवार राति सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको छ। घटनाको बारेमा अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले बताएका छन्।