बैतडी। बैतडीको एक क्याम्पसमा तालाबन्दी गरिएको छ। बैतडीको सेटिगाउँ बहुमुखि क्याम्पसमा क्याम्पस प्रशासनले स्ववियु निर्वाचन विपरित गएर निर्णय गरेको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिलक्रान्तिकारीले आज तालाबन्दी गरेको हो।
क्याम्पस प्रशासनले नियमित तर्फका विद्यार्थीहरुलाई मताधिकारबाट बञ्चित गराउने निर्णय गरेकोले सो निर्णय विरुद्ध अखिलक्रान्तिकारीका जिल्ला इन्चार्ज गोबिन्द मालले बताए। उनले पटक पटक निर्णय सच्च्याउन माग गरिएपनि क्याम्पस प्रशासनले सुनुवाई नगरेपछि बाध्यता तालाबन्दी गर्नेु परेको बताए। क्याम्पसको निर्णयले ७० प्रतिशत विद्यार्थी मताधिकारबाट बञ्चित भइरहेका बिद्यार्थी संगठनहरुको भनाई छ।
अखिल क्रान्तिकारी सेटिगाउँ क्याम्पस कमिटिका कार्यबाहक अध्यक्ष आशिष मालले पठनपाठनमा अवरोध नहुने गरि निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको बताए। त्रिभुवन विश्व बिधालयको निर्देशिका विपरित नियमित रुपमा क्याम्पसमा आउने विद्यार्थीहरुलाइ निर्वाचनमा सामेल हुन नपाउने र आफ्नो मत खसाल्न नपाउने गरि गरिएको षड्यन्त्र मान्य नहुने अनेरास्ववियु सेटिगाउँ क्याम्पस कमिटि कार्यबाहक अध्यक्ष बिरहादुर नाथले बताएका छन्। अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको र माग पुरा नभएसम्म तालाबन्दी नखोल्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । चैत्र ५ गते देश भरिका त्रीबि अन्तर्गतका क्याम्पसहरुमा निर्वाचनको लागि कार्यतालिका सार्बजनिक भएको छ।