डोटी। तीन वर्षमा कार्य सम्पन्न हुने गरी २०७७ सालअसार ३० गते सम्झौता भएको बुडर–जोरायल सडकको रिठा–चन्कट्टे खण्डमा हालसम्म १० प्रतिशत मात्रै काम भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७६/०७७ को वजेटमार्फत उक्त सडक स्तरोन्नतिको काम ठेक्का सम्झौता भइ निर्माण कम्पनीशर्मा–राजेन्द्र जेभीले सम्झौता भएकै दिन साइड र कार्यादेश पाएको थियो ।
उक्त सम्झौता अनुसारको म्याद ०८० असार २९ गते सम्पन्न हुँदैछ । काम भने १० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालय, डडेल्धुराले जानकारी दिएको छ। ‘हालसम्म वित्तीय प्रगति १० प्रतिशत मात्रै भएको छ, भौतिक प्रगति पनि १०/१२ प्रतिशत नै होला,’ कार्यालय प्रमुख नवराज रावल भन्छन्, ‘अब तोकिएको समयमा काम सम्पन्न हुने सम्भावना न्यून छ ।’उनले ठेकेदारको लापरबाहीकै कारण सडक स्तरोन्नतिको कार्य ढिलो भएको वताए । उनी भन्छन्,’अहिले पनिकाम सुरु भएको छैन, निर्माण कम्पनीले होलीलगत्तै काम सुरु हुन्छ भनेको छ ।’
आफू कार्यालय प्रमुख भएर आएको एक महिना मात्रै भएको बताउँदै रावलले आउने बित्तिकै निर्माण कम्पनीलाई ढिलाइ हुनुको कारणवारे स्पष्टीकरण सोधेको जानकारी दिए । स्पष्टीकरणमा निर्माण कम्पनीले कोभिड महामारीका कारण निर्माण कार्यमा ढिलाइ भएको उल्लेख गरेको रावल बताउँछन् । उनी भन्छन्, ‘होलीलगत्तै काम सुरु गर्ने र तिव्र गतिमा निर्माण कार्य अगाडि बढाउने स्पष्टीकरण पत्रमाउल्लेख भएको छ, त्यसो भएन भने फेरि अन्यप्रक्रियामाजानु पर्ला ।’ निर्माण कम्पनी भने ठेक्का सम्झौताको म्यादभित्रै काम सम्पन्नहुने दाबी गर्छ । ‘विविध कारणले निर्माण कार्यमा केही ढिलाइ भएको हो’ निर्माण कम्पनीका प्रतिनिधि रोशन भट्ट भन्छन्, ‘तर असार मसान्तभित्रै हामीकाम सम्पन्न गछौं ।’
उनले १० किलोमिटरमध्ये ८ किलोमिटरमा सबै काम भइसक्ने र बाँकी २ किलोमिटरमा बिबाद भएका कारण अलि ढिलो हुने बताए । उनी सडकमा अहिले कामभइरहेको दाबी गर्छन् । उनले थपे ‘अहिले काम सुरु भइसकेको छ, होलीलगत्तै थप जनशक्ति र उपकरण परिचालन हुन्छन् ।’सडक निर्माणका लागि पटक पटकआग्रह गर्दा पनि ठेकेदारले निर्माण कार्यमा ढिलाइ गरेको जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्ट बताउँछन् ।ठेक्का अन्तरगत नदी किनारमा निर्माण गर्नु पर्ने पर्खाल निर्माण नहुँदा स्थानीयवासीका घरसमेत नदी कटानको जोखिममा परेका गाउँपालिकाका प्रवक्ता समेत रहेका भट्ट बताउँछन् ।उनले भने, ‘सम्झौता गरेर चुपचाप बसिराख्ने ठेकेदारलाई कानून बमोजिम कारबाही हुनुपर्छ ।’अनलाईन खबरबाट