कैलाली। नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले बिहान ११ बजे संसदिय दलको कार्यालयमा बैठक बोलाएको हो । मुख्यमन्त्रीलाई बिश्वासको मत दिने/नदिने निर्णय गर्न माओवादीले संसदीय दलको बैठक बोलाइएको बताइएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलम बहादु्र शाहले आज दिउसो १ बजे विश्वासको मत लिँने कार्यक्रम रहेको छ । दिउसो १ बजे उनले विश्वासको मतका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ । त्यस अघि कांग्रेस संसदीय दलको बैठक १० बजे बोलाइएको छ। हिजो माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेश सरकारलाई अहिलेको अवस्थामा बिश्वासको मत दिन नसकिने बताएको थियो । यद्धपी हिजो बसेको माओवादी केन्द्रको
संसदीय दलको बैठकले कुनै निर्णय ठोस गर्न सकेको थिएन्। आज विश्वासको मत दिने या नदिने भन्ने बिषयमा निर्णय हुने माओवादी स्रोतको दाबी छ। माओवादी संसदीय दलका नेता खगराज भट्ट आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका बेला केही सांसदहरू भने अहिलेकै मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताउँदै आइरहेका छन् । यहि विवादले निर्णय हुन नसकेपछि हिजो प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यहाँको अवस्थाबारे लेखि पठाइएको थियो।
अब प्रचण्डको निर्देशन अनुसार माओवादी सुदूरपश्चिम प्रदेशमा अघि बढ्ने छ। केहि बेरमा सो निर्णय आउने र संसदीय दलको बैठकले सोही अनुसार अघि बढ्ने निर्णय गर्न सक्ने माओवादीका एक सांसदले बताएका छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। नागरिक उन्मुक्तिविना मुख्यमन्त्री शाहले विश्वासको मत लिन असम्भवजस्तै छ। सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सदस्य छ्न् भने एमालेका १० र राप्रपाको एक गरी विपक्षमा ११ मत छ।