काठमाडौँ। अब दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ बढ्ने भएको छ ।कृषि मन्त्रालयको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो । जसअनुसार दूधको मूल्य अब लिटरमा ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ।
किसान तथा दुग्ध उत्पादन महासंघ, नेपाल डेरी एशोसियन लगायतले लामो समयदेखि दूधको मूल्य बढाउनु पर्ने माग गर्दै आएका थिए । नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डीडीसी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा गरेको छ।