धनगढी। नेपाली कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले नेकपा एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन गरेर निषेधको राजनिती गरेको आरोप लगाएका छन् । शुक्रबार कैलालीमा आठ दलीय गठबन्धनले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
पटक पटक केपी ओलीले संसद बिघटन गरेर निषेधको राजनिती गरेको र ओलीको ज्याजदीका कारण नागरिक समाज समेत आक्रान्त बनेको आरोप लगाएका हुन् । यस्तो अवस्थाले राजनितीक निषेध र अस्थीरता भएको बताए।
उनले प्रतिनिधि सभाको संसद एकपटक नभई पटक पटक विघटनले पुनस्थापीत गर्ने सर्वोच्च अदालत प्रतिपनि अपमान गरेको बताए। त्यसकारण मंसिर ४ को निर्वाचनमा कांग्रेसहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक ठाउँमा उभिएको बताए। निर्वाचनमा पनी त्यतिबेला एकले अर्कोलाई आफ्नै सहयात्रीका रुपमा मत मागेको बताए।
उनले आफूले बाजुराबाट चुनाव लड्दै गर्दा माओवादी र समाजवादीका मत लिएर निर्वाचित भएको बताए।उनले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्र र मुलुकलाई राजनीतिक स्थायित्वका दिन, विकास र समृद्धिका लागि मत मागेको बताउँदै राजनीतिक स्थिरताबाट मात्रै मुलुकलाई समृद्धि र स्थायित्व दिन सक्ने दाबी गरेको बताए । उनले केही समय राजनितीक स्थीरता आएको भन्दै आठ दलीय सत्ता गठबन्धन बनेपछि राजनिती ठिक ठाउँमा आएको बताए। गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको र प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभामा एकताको सन्देशसहित अब राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन उनले आग्रह गरे। २५ गते राष्ट्रपतिको निर्वाचन हुनेछ । उनले नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट एकताको सन्देश दिएको समेत बताएका छन्।