धनगढी। धनगढीस्थीत चैतन्य पाठशालामा निशुल्क योग तथा आयुर्वेद विज्ञान शिविर (बिहीबारदेखी) सुरु भएको छ। धनगढी उपमहानगरपालीका ५ शिवनगरमा रहेको चैतन्य पाठशालाको प्रांगणमा फागुन १८ गते देखी २२ गते सम्म निशुल्क योग तथा शिविर सञ्चालन सुरु भएको आयोजकले जनाएको छ।
योग र अयुर्बेदले मानिसलाइ बाहिर स्वास्थ्यबाट मात्र नभई भित्र स्वास्थ्यबाट पनि स्वस्थ बनाउछ भन्ने उदेश्यसहित बिधालय स्तरिय योग तथा आयुर्वेद बिज्ञान शिविर चैतन्य पाठशालाको आयोजनामा भएको हो। पतन्जली योग समिती कैलाली सहयोग तथा चैतन्य पाठशालाको आयोजनामा उक्त शिबिर प्रत्यक दिन बिहान ठिक ५ बजे देखि ७ बजे सम्म नि:शुल्क शिविर सञ्चालन भैरहेको छ। योगको महिमा अपरम्पार छ, आउनुहोस् हातेमालो गरौँ भन्ने योग तथा आयुर्वेद विज्ञान शिविर रहेको आयोजक चैतन्य पाठशालाले बताएको छ।
शिविरमा पतंजलि योग समिति नेपाल मुख्य प्रभारी लव देव मिश्र ,प्रदेश प्रभारी काशिनाथ भट्ट, जिल्ला प्रभारी श्याम कुमार श्रेष्ठ, युवा समितिका सुवास मुस्कान, शिक्षक, बिद्यार्थी,अभिभावक, लगायत उपस्थित रहेको थियो । योग तथा आयुर्वेद विज्ञान शिविरमा निशुल्क सहभागी हुन पाइने छ। पाँच दिने शिविर मा हरेक दिन योग ,योगाभ्यास,प्राणायाम, आयुर्वेद ,र संस्कारको बारेमा प्रशिक्षित गरिने छ। आज दोश्रो दिन जिल्ला प्रभारी श्याम राजले प्रशिक्षण गरेका थिए।
बालबालिका र अभिभावकको योग तथा आयुर्वेदबाट शारीरिक, मानसिक र सामाजिक बिकास कसरी गर्ने भन्ने बिषयमा आजको सत्सङ रहेको युवा समितिका सुवास मुस्कानले बताए । बालबालिकाले योगबाट आफ्नो मानसिक र शारीरिक आत्मरक्षा कसरी गर्ने भन्ने सत्सङ रहने बताइएको छ । जस्को मार्ग दर्शन पतन्जली धनगढीनगर योग शिक्षक समितीका अध्यक्ष राज कुमारी महतो र उहाँको समितिले गर्नेछ। आजको सत्सङमा २५० जना भन्दाबढी बालबालिका,शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।