धनगढी। किर्ते नागरिकता बनाई ठगी गर्ने धनगढीका एक व्यक्ती पक्राउ परेका छन् । धनगढी उप(महानगरपालीका वडा नम्बर ४ बस्ने बर्ष २८ को सुरेश बहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।
पक्राउ परेका दमाइले प्रविन शाह नामबाट ४३ लाख ५४ हजार ४ सय ठगी गरेको सुचना जिल्ला प्रहरी कार्यालय कैलाली प्राप्त भएको थियो । खोज तलास गर्ने क्रममा निज व्यक्ती प्रविन शाह नभई धनगढी उप(महानगरपालीका वडा नम्बर ४ बस्ने बर्ष २८ को सुरेश बहादुर दमाई भएको डिएसपी चन्दले बताए । उनलाई पक्राउ गरी अनुसन्धानको क्रममा घर खान तलासी गर्ने क्रममा सुरेश बहादुर दमाईले धनगढी ४ बस्ने प्रविन शाहको नामले नक्कली नेपाली नागरिकता प्रमाण पत्र बनाई उक्त नागरिकतामा आफ्नो फोटो राखेको भेटिएको बताए ।
बाँकेको नेपालगंज उप महानगरपालीका वडा नम्बर १२ बस्ने तिर्थ राज शर्माको नागरिकतामा आफ्नो फोटो राखी ठगी गर्दै आएको पनी भेटिएको जानकारी दिए । पक्राउ परेका दमाईमाथी थप अनसुन्धान भईरहेको डिएसपी चन्दले बताए। साथै उल्लेखित प्रविन शाह, तिर्थराज शर्मा र सुरेश बहादुर दमाईको नामबाट कोही व्यक्ती ठगी भई पिडित भएको भए प्रमाण सहितको जाहेरी दरखास्त लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन्।