बैतडी। बैतडीमा एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ। बैतडीमा ड्युटीमा खटिएका अस्थायी प्रहरी पोष्ट सलेनामा कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरी एक्कासी रिङ्गटा लागेर ढलेका थिए । रिङ्गटा लागेर ढलेका हवलदारको उपचारको क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ड्युटीमा खटिएको बेला चौधरी बुधबार बेलुका एक्कासी ढलेका र त्यसपछि उद्धार गरेर उपचारका लागि पाटनस्थित अस्पताल पुर्याएको थियो।बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले उपचारको क्रममा मृत्यु भएको बताए। चौधरी कैलालीका बासिन्दा रहेको बताउँदै मृत्युको कारण नखुलेको बताए। शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र आफन्त पुगेपछि पोष्टमार्टमको प्रक्रिया अघि बढ्ने बताए । साथै घटनाको अनुसन्धान भैरहेको बैतडी प्रहरीले जनाएको छ।