दार्चुला। दार्चुलाकी सुरन्ती बोहराले गर्भमै शिशु गुमाएकी छिन्। सुत्केरी व्याथा लागेपछि ६ घण्टा पैदल हिँडेर स्वास्थ्य संस्था पुगेकी सुरन्तीको गर्भमै शिशुको मृत्यु भएको हो । उनको ज्यान जोखिममा परेपछि सोमबार हेलिकोप्टरबाट उद्धार गरिएको छ।
गर्भमै शिशु गुमाएकी अपी हिमाल गाउँपालिका– ३ क्षत्तिकी २२ वर्षीया सुरन्तीलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएकोमा चिकित्सकले सोमबार राति मृत शिशु निकालेका हुन् । गाउँमा स्वास्थ्य केन्द्र नहुँदा सुरन्तीलाई सुरुमा दुई घन्टा हिँडाएर पालिकाको पाथास्थित आधारभूत स्वास्थ्य इकाइ पु¥याइएको थियो ।
अनमीले स्वास्थ्य सेवा दिने इकाइमा प्रसूति हुन नसकेपछि उनलाई आइतबार राति नै चार घन्टा पैदलै हिँडाएर खण्डेश्वरीस्थित आधारभूत स्वास्थ्यचौकी पु¥याइएको थियो। स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेकी सुरन्तीलाई थप उपचारका लागि सुर्खेत पुर्याइएको हो ।