धनगढी। सुदुरपश्चिमका उद्योग ब्यवसायी चर्को ब्याजदर विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। उद्योग ब्यवसायीले सरकारसँग पटक पटक चर्को ब्याजदर घटाउन माग गर्दै सुनुवाई नभएको भन्दै उनीहरु आज देखी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्।
कैलाली उद्योग वाणिज्य सङ्घले आईतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सोमबार देखी प्रदेशका सबै जिल्लामा एकै प्रकारको चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका थिए । सोही अनुसार आज बिहान धनगढीमा पसल बन्द गराउँदै चौराह देखी पार्कमोडसम्म बिरोध ¥याली निकालेका थिए । बिहान ११ बजे सम्म बजार बन्द गर्ने, २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायत बिभिन्न आन्दोलन कार्यक्रम रहेको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए । आफुहरु बिगत २ महिना देखी बैँकको चर्को ब्याजदर बिरुद आवाज उठाउँदै आएको बताए।
उनले बिगतमा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा, पुर्व अर्थमन्त्री र फेरी अहिलेका अर्थमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइसकेकोले ज्ञापनपत्र मात्रै बुझाएर नहुने भएकाले आन्दोलन गर्न बाध्य भएको संघका अध्यक्ष कुंवरले बताए । सरकारकालागी उद्योग ब्यवसायीले बिभिन्न समयमा ठुला ठुला आन्दोलन गरेपनी ब्यवसायीको हतहितका लागी सरकारले झारो टार्ने काम मात्रैगरेको बताए । उनले माग सुनुवाईको लागी प्रदेश सभाको सदनसम्म ध्यानाकर्षण गराइने समेत बताए। आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने ब्यवसायीहरुको भनाई छ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले लामो समयदेखी कोरोनाका कारण थला परेको ब्यवसाय सहजता तर्फ उन्मुख भैरहेको अवस्थामा बैंकको चर्को ब्याजदरले नराम्रोसँग संकटमा परेको बताए। कुनैपनी उद्योग ब्यवसाय ब्यापार बन्द गर्न नहुने मान्यता भएपनी बाध्यताका कारण यो परिस्थीती सिर्जना भएको उनले बताए। उनले बिगत एक बर्ष अगाडी ६ प्रतिशतमा लिएको बैँकको ब्याज अहिले १७ प्रतिशतमा पुगेको बताए। १२० प्रतिशत सम्म बैँकले ब्याजदर बढाउँदा आमउपभोक्ता निकै मारमा परेको बताए। ब्याजदर बढ्दा देशभरी महंगी बढेको कैलाली उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष दिनेश भण्डारीले बताए।
यस्को प्रत्यक्ष असर उपभोक्तालाई परेको बताए। देशमा उद्योग ब्यवसायी पनी ब्याजदरकै कारण आत्महत्या गर्न, बिदेशिन बाध्य भएकोले सरकारले उद्योग ब्यवसायीको माग सम्बोधन गर्नुपर्ने बताए। सरकारले उद्योग ब्यवसाय कसरी चलाउने, युवाहरुलाई कसरी स्वदेशमै रोजगारी दिने तर्फ पनी ध्यान दिनुपर्ने सुझाब दिए। कैलाली उद्योग बाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले बस्तुगतसंघ उद्योग बाणिज्य महासंघ लगायत संघको सामुहिक ऐकेबद्धता जनाउँदै बैँकले ब्याजदर नघटाउँदासम्म आन्दोलन जारी रहने बताए। सुदुरपश्चिम भरी नै आज बिहान उद्योग ब्यवसायीले बिहान ११ बजेसम्म ब्यवसाय बन्द गरेको संघका उपाध्यक्ष ओझाले बताए। उनले माग सम्बोधन नभएसम्म आन्दोलनमा उद्योग ब्यवसायी साथ दिन अनुरोध समेत गरेका छन्।