डिआइजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ। बुधबार राजीनामा बुझाएका सिंहको राजीनामा पत्र बुधबार नै गृह मन्त्रालय पुगेको थियो।
उक्त राजीनामा पत्र गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार स्वीकृत गरेका हुन्। डिआइजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन्।
उनीविरुद्ध अख्तियारमा शैक्षिक प्रमाणपत्र कीर्ते गरेको उजुरी परेको थियो। अनुसन्धानका क्रममा नागरिकताको जन्ममितिसमेत विवादित देखिएपछि उनले राजीनामा दिएका हुन्। छानबिनबाट उम्किनका लागि उनले राजीनामा दिएको बुझिएको छ।