बाजुरा। सुदुरपश्चिममा बुधबार पुनः भुकम्प गएको छ। बुधबार दिउँसो १ः ४५ बजे बाजुराको पाडी केन्द्र बिन्दु बनाई ५ दशमलव २ म्याग्नाचुटको भुकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ।बाजुरामा भूकम्पले भौतिक क्षति गरेको छ।
जिल्ला प्रशासन कार्यालयका बाजुराका अनुसार हिमाली गाउँपालिकामा भूकम्पका कारण केही भौतिक संरचना भत्किएका छन्। हिमाली गाउँपालिका–१ स्थित सामुदायिक विद्यालयको बालविकासको दुई कोठे भवन भुकम्पले भत्किएको छ। यस्तै, हिमाली गाउँपालि–१ कै बिछ्या स्वास्थ्यचौकी र वडा नम्बर ५ को अर्को स्वास्थ्य चौकीको पनि भवन भत्किएको छ।अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको प्रशासनले जनाएको छ। गत माघ १० गते हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नाचुटको भुकम्प गएको थियो ।