धनगढी। सुदूरपश्चिम प्रदेशमा ५ दशमलव २ म्याग्निच्यूडको भुकम्प गएको छ । प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दू बनाएर भुकम्प गएको राष्टिय भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भुकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्ला, कैलाली, कञ्चनपुर तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको छ । भुकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।पछिल्लो केही समय यता नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढीरहेको छ ।