डोटी। डोटीमा हरेक चुनावको एजेण्डा बन्छ धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भञ्ज्याङ द्रुत मार्ग। आफूले जिते द्रुतमार्गको निर्माण कार्य दु्रत गतिमा हुने वाचा चुनावअघिका हुन् । चुनावपछि जित्ने, हार्ने दुबै पक्षले यो सडकलाई बिर्सन्छन् ।
चालु आर्थिक बर्षमा संघीय सरकारले यो सडकमा बजेट छुट्याएको छैन । सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्ने शेरबहादुर देउवा प्रधानमन्त्री र डोटीबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले मन्त्री रहेका बेला यो सडकको बजेट काटियो। यो सडकको कैलाली र डोटीको विभिन्न खण्डमा बहुवर्षीय ठेक्कामा काम गरिरहेका निर्माण व्यवसायीले सरकारले बजेट नदिएपछि काम रोकेका छन् । दिपायल–मौवा खण्ड कालोपत्रेको ठेक्का लिएका दुनिला कन्ट्रक्सनका सञ्चालक ललित बोहरा काम गरेको रकमको भुक्तानी नपाएपछि काम रोकेको बताउँछन् ।
‘४/५ करोड लगानी लाइसकेँ, अब थप लगानी लाउन सक्ने अवस्था छैन, त्यसैले काम रोक्नुप¥यो’ उनले भने । सरकारले बजेट दिएको भए यो वर्ष ९ किलोमिटर सडक कालोपत्रे हुने बोहरा बताउँछन् । दुर्गा कन्ट्रक्सनका सञ्चालक लोक माझीले पनि ८० लाख रुपैयाँको काम गरिसक्दा पनि भुक्तानी नपाएको बताए । ‘मैले स्ट्रक्चरको काम गर्दै थिएँ, डेढ/डेढ करोडका दुई ठेक्का छन्’ माझी भन्छन् ‘भुक्तानी पाएको भए ६ महिनाभित्रै मेरो जिम्माको काम सकिन्थ्यो ।’
सरकारले यो सडकलाई प्राथमिकता नदिँदा निर्माण सुरु भएको १५ बर्षसम्म पनि ट्र्याक पनि राम्रोसँग खुलिनसकेको उनले बताए ।धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भञ्ज्याङ सडकको विभिन्न खण्डमा ठेक्का सम्झौता गरी काम गरिरहेका सबै ठेकेदारहरुले काम रोकेकसडक आयोजना कार्यालय बिपीनगरका इन्जिनियर दिनेश रैखोला वताउँछन् । सरकारले चालु आर्थिक बर्षको बजेटमा यो सडकका लागि रकम बिनियोजन नगरेका कारण कार्यालयले निर्माण कम्पनीहरुलाई भुक्तानी दिन नसकेको उनको भनाइ छ । ‘बजेट शून्य छ, यस्तो कसरी भयो भन्न सक्ने अवस्था छैन’ उनले भने ।
आर्थिक बर्ष २०६५/०६६ सालमा तत्कालीन सडक विभागले सुरु गरेको यो सडकलाई सुदूरपश्चिमको लाइफलाइनका रुपमा हेरिएको थियो । सुरुवातमा डिभिजन सडक कार्यालय कुलपाते डोटी अन्तर्गत रहेको यो सडकका लागि सरकारले ०७३/०७४ मा छुट्टै आयोजना कार्यालय खोलेको थियो ।०७६ साउनमा उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा गयो । तर, प्रदेश सरकार मातहतमा करिब ७ महिनामात्रै रह्यो । ०७६ फागुनबाट फेरि संघीय सरकार मातहत नै फर्काइयो ।
नियमित वजेट विनियोजन भएको भए आर्थिक बर्ष ०८४÷०८५ सम्म निर्माण कार्य सकिने इन्जिनियर रैखोला बताउँछन् । ‘यसरी बजेट बिनियोजन नहुने हो भने त पछाडि धकलिदै जाने भयो’ उनी भन्छन् । २०७३÷०७४ मा आयोजना कार्यालय बनेपछि यो सडकमा करिब ५० करोड मात्रै खर्च भएको रैखोलाले वताए ।उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भञ्ज्याङ सडकमा बजेटको कमी हुन नदिने बताएका छन् । डोटी चेम्बर अफ कमर्शले दिपायलमा आयोजना गरेको तेस्रो प्रादेशिक महोत्सवको उद्घाटन गर्न ४ फागुनमा आएका श्रेष्ठले दिपायल बिमानस्थलमा डोटीका राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीहरुंसंग संक्षिप्त कुरा गर्दै उक्त सडक निर्माणलाई प्राथमिकतामा राख्ने आश्वासन दिएका हुन्।अनलाईनखवरबाट