धनगढी : सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला कैलालीमा हात्तिपाइले रोग निवारणको लक्षमा पुग्न सकेको छैन । ६ पटकसम्म अनिवार्य औषधी सेवन गर्नुपर्ने भएपनि सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा औषधी सेवनको लक्ष प्राप्त हुन सकेको छैन । जिल्लाको ६५ प्रतिशतले औषधी सेवन गर्नुपर्ने भएपनि करिब ५० प्रतिशतले मात्रै ५ पटक औषधी सेवन गरेका छन् । यस बर्ष कैलालीमा एघारौँैँ पटक हात्तिपाइले निवारणका लागी औषधी खुवाउने अभियान सञ्चालन हुन लागेको छ ।
सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलाली जिल्लामा हात्तिपाइले निवारणका लागी आम औषधी सेवन अभियानले सार्थकता पाउन सकेको छैन । ६ पटक सम्म अनिवार्य औषधी सेवन गर्नुपर्ने नियम अनुसार जिल्लाको यहाँ ६५ प्रतिशत जनसख्यांले औषधी सेवन गर्नुपर्ने हुन्छ । तर १० औँ चरणको औषधी सेवन अभियान सम्पन्न गर्दासम्म राज्यले लिएको लक्ष प्राप्ती हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाले मात्रै औषधी सेवनको लक्ष चुम्न नसकेको हो । औषधी सेवन अभियानको एघारौँ चरणमा पुग्दासम्म ४९ दशमलव ६७ प्रतिशतले मात्रै औषधी सेवन गरेका छन् । सरकारले बर्षेनी औषधी सेवनका लागी करोडौँ बजेट खर्च गर्ने तर त्यसको उपलब्धी नदेखिनुले सरकारी निकायकै कमजोरी नागरिक अगुवाहरुले औँल्याएका छन् । सरकारले लगानी गरे अनुसार उपलब्धी हुने गरी सम्बन्धित निकायले काम गर्नुपर्नेमा जोड दिइएको छ ।
बरिष्ठ पत्रकार दिल बहादूर छत्यालले लक्ष अनुसार काम नहुनुमा सरकारनै दोषी रहेको बताए । ६ पटकसम्म औषधी सेवन गरे लक्षमा पुग्ने भनिएको छ छत्यालले भने “कैलालीमा ५० प्रतिशत जनसंख्यालेपनि ६ पटक औषधी सेवन गर्नुभाको छैन, के कारणले सेवन गर्नुभएन, कहाँ सरकार चुक्यो त्यो जवनफ सरकारलेनै देला तर लक्ष अनुसार काम गर्न नसक्नु सरकारकै कमजोरी हो ।” दशौँ पटकसम्म औषधी सेवन अभियान सञ्चालन गर्दापनि ६५ प्रतिशतलाई औषधी खुवाउन सकिएको छैन, उनले भने “अब यस पटकको एघारौँ अभियानमा त्यो गल्ती न दोहोरियोस, सबैजनाले औषधी सेवन गरुन, आफ्नो जिम्मेवारी आफैले निभाए, स्वास्थ्य समाज निर्माण हुने हो त्यस कारण म सबैलाई औषधी सेवन असभयानमा सहयोग गर्न आग्रहपनि गर्दछु ।”
बिगतमा ६ पटक सम्म औषधी सेवन अनिवार्य भएपनि हाल २ पटक सेवन गरे लक्ष पुग्ने बताइएको छ । औषधी सेवन नगरेकै कारण लक्षमा पुग्न नसकिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । औषधी नखाँदापनि केही हुँदैन भन्ने गलत मनसाय बोक्ने प्रवृतीका कारण ११ चरणको औषधी सेवन अभियानमा पुग्नुपरेको स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट मिन बहादूर धामीले बताए । दिनभरी मजदूरी गर्ने बर्ग, अनी धेरै जानेको र नखाँदापनि केही हुँदैन भन्ने बर्गका कारण हामी लक्षमा पुग्न सकेका होइनौँ धामीले भने “यस पटकको औषधी सेवन अभियानमा सबैले सरिक भए हामी लक्षमा पुग्ने थियौँ, फागुन ११ गते हामी जिल्ला समन्वय समितिको प्रागंणमा हात्ती पाइले बिरुद्धको औषधी सेवन अभियान शुरु गर्दैछौँ, यस अभियानमा सबैले सहयोग गर्नुहुन्छ र यस बर्ष हामी लक्षमा पुग्नेछौँ भन्ने आशा लिएका छौँ ।”
गर्भवती महिला, ७ दिन भित्रका सुत्केरी, २ बर्षमुनीका बालबालिका, सिकिस्त बिरामी बाहेकले हात्तिपाइले बिरुद्धको औषधी सेवन गर्न मिल्ने जनाइएको छ । केही बिरामी भएका कारण लक्षमा पुग्न नसकिएपनि औषधी सेवन नगरेकै कारण लक्ष प्राप्त हुन नसकेको चिकित्सक बताउँछन् । सबैले औषधी सेवन गरे पक्कै यसै बर्ष लक्ष प्राप्त गर्न सकिने चिकित्सकको भनाई छ । हात्तिपाइलेका किटाणुँ शरिरमा भएको ब्यक्तीलाई अली समस्या देखिने भएपनि यसले स्वास्थ्यमा कुनै अशर नगर्ने भएकाले ढुक्क भएर सेवन गर्न सेती प्रादेशिक अस्पतालका फिजिशियन डा.शेर बहादूर कमरले बताए ।
सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा मात्रै यसपाली हात्तिपाइले बिरुद्धको औषधी खुवाइदै छ । हात्तिपाइले बिरुद्धको औषधी सेवनले कुनै समस्या ननिम्त्याउने भन्दै चिकित्सकले सबैलाई औषधी सेवनका लागी अनुरोध गरेका छन् ।