बैतडी। बैतडीमा आमाछोरा नगद र सुन लगेर बेपत्ता भएका छन्। जिल्लाको मैलौली नगरपालिका २ सलेनाकी २४ वर्षीया सरस्वती नाथ र ४ वर्षीय छोरा यूनीक नाथ बेपत्ता भएका हुन्। मलीकुलका केशव नाथकी २४ वर्षीया श्रीमती सरस्वती नाथ ४ वर्षीय छोरा यूनीक नाथ एक साता देखि सम्पर्क विहिन भएका पारिवारिक स्रोतले बताएको छ।
बेपत्ता सरस्वतीका श्रीमान केशव नाथले श्रीमति छोरासहित फागुन २ गते बाट सम्पर्क विहिन भएको बताए। घरमा कसैलाई जानकारी नगराई निस्केकी उनले बताए। एक साता हुँदापनि अहिलेसम्म श्रीमती र छोराको अत्तोपत्तो नलागेको उनले बताए। उनका अनुसार ३ लाख रकम र एक तोला सुन समेत लिएर सरस्वती सम्पर्क विहिन छिन्। नाथ हाल रोजगारीको सिलसिलामा भारतको मुम्बैइमा छन्। कसैको सम्पर्कमा आए नजिकैको प्रहरीचौकीमा सम्पर्क गरिदिन परिवार स्रोतले अनुरोध गरेको छ।