कञ्चनपुर। कञ्चनपुर बसपार्कबाट अबैध भन्सार छलीका सामान बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालीका वडा नम्बर ४ बसपार्कबाट अबैध रुपमा भन्सार छलीका सामान बरामद गरेको हो। प्रहरी टोलीले भन्सार छलिगरि ल्याइराखेको ३ लाख ८० हजारका ९५ पिस लेदरको बेल्ट
ADZal लेखिएको हुक्का फ्लेवर तम्बाखु ७५० प्याकेटको २ लाख २५ हजार मुल्य गरी जम्मा ६ लाख ५ हजारका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेवारिसे अवस्थामा बरामद गरिएका उक्त सामान आवश्यक कारवाहीकालागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।