कैलाली। नेकपा माओवादी केन्द्र सुदुरपश्चिम पदाधिकारीको बैठक बस्ने भएको छ। माओवादी केन्द्र पदाधिकारीको बैठकले बिभिन्न बिषयमा छलफल गर्ने निर्णय गरेको बताएको छ। सोमबार कैलालीको गौरिगंगामा बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि आज धनगढीमा बैठक बस्न लागेको जनाइएको छ।
बैठकमा अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेर आएकाहरूको व्यवस्थापन, सचिवालय गठन र सरकारका बिषयमा छलफल हुने पार्टि जनाएको छ। तर सरकारलाई विश्वासको मत दिने बिषयमा निर्णय नहुने बुझिएको छ। सो बिषय केन्द्रको राजनितीले टुङगो लगाउने भएकाले प्रदेशमा यो बिषयमा निर्णय नहुने एक नेताले बताए। सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने बिषयमा भने गम्भीर छलफल भइरहेको जनाइएको छ।सुदूरपश्चिम प्रदेशमा माओवादीले विश्वासको मत दिन सक्ने अनुमान कांग्रेसका नेताहरूले गरिरहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई र केही माओवादीले पाएको प्रदेशमा कांग्रेसले पनि विश्वासको मत दिएको हुँदा यहाँ कांग्रेस सरकारलाई माओवादीले विश्वासको मत दिने अनुमान गरिएको छ। तर, माओवादीले भने यस बिषयमा अझै ठोस निर्णय नभैसकेको जनाएको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नहुँदा सम्म विश्वासको मत दिन नसकिने अडान कायमै राखेको छ।सुदुरपश्चिमका मुख्यमन्त्रीे कमल बहादुर शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ। अहिले काँग्रेस सरकारसँग आफ्ना १९ र नेकपा एकीकृत समाजवादीका ४ गरि २३ सांसद छन्। विश्वासको मत पाउन अझै ४ सांसद आवश्यक पर्छन्। माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन्।