धनगढी। कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सिकलसेल जाँच गर्ने मेसिन हस्तान्तरण गरिएको छ। कैलालीको जोशीपुर गाउँपालीका २ मा रहेको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सिकलसेल जाँच गर्ने मेसिन हस्तान्तरण गरिएको नवजीवन अस्पतालका कार्यकारी निर्देशक निरज अर्यालले जानकारी दिए।
उनले प्रदेश स्वास्थ्य आपूर्ति ब्य्वस्थापन केन्द्र, सुदुर पश्चिम प्रदेशको बिशेषमा जोखिममा रहेको सिकल सेल एनिमिया (रोग) को स्क्रीनिंग कार्यक्रम अन्तरगत उक्त स्वास्थ्य केन्द्रलाई एचपिएलसि मसिन हस्तान्तरण गरिएको बताए। कार्यक्रममा सेती प्रादेशिक अस्पतालका बालरोग बिषेशज्ञ प्रदीप मिश्राको प्रमुख उपस्थितिमा जोशीपुर गाउँपालिकाको प्रमुखलाई मसिन हस्तान्तरण गरिएको थियो।अब जोशीपुर गाउँपालिकाका बासिन्दालाई सिकलसेल जाँच गर्न धनगढी आइराख्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।