धनगढी। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको पहलमा भिमदत्त राजमार्ग क्षेत्रमा सचेतनामुलक बोर्ड राखिएका छन्।शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली मातहत अस्थायी ट्राफिक प्रहरी पोष्ट खानिडाँडा र फुल्टुडेको सहयोगमा प्रहरीले सवारी चालकलाई सडक सुरक्षा, दुर्घटनासम्बन्धी सचेतनामूलक बोर्डहरु राखिएका हुन्।
ट्राफिक प्रहरीले कैलालीको चुरे गाँउपालिका वडा नम्बर ३,५र ६ स्थित भिमदत्त राजमार्ग सडक खण्ड छेउमा उक्त बोर्ड राखेको जनाएको छ।चालकलाई सडकको अवस्थाबारे सन्देश मुलक जानकारी सहित सवारी दुर्घटना न्यूनिकरणका निमित्त सडक खण्ड छेउमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक बोर्डहरु राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। सचेतनामूलक बोर्डहरु राखिएपछि सवारी दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने बिश्वास ट्राफिक प्रहरीले गरेको छ।