धनगढी।राष्ट्रिय युवा संघ नेपाल कैलालीले घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृतको कार्य कक्षमा तालाबन्दि गरेको छ।घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दिपक कुमार आचार्यले नगरपालिका बमोजिमका गतिबिधि गरेको प्रति आपत्ति जनाउदै तालाबन्दि गरेको हो।
नगरपालिकामा बिकासका अवसर र सम्भावना हुदा हुदै पनि केहि कर्मचारीका कारण गरिने अमर्यादित तथा अशोभनिय गतिबिधिका कारण सधै घोडाघोडी नगरपालिका विवादको अखडा बनेको भन्दै तालाबन्दि गरेको राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष शिवराज चन्दले बताए। युवा संघले ११ बुदे माग राख्दै प्रमुख प्रशाशकिय अधिकृतलाई बिज्ञप्ति बुझाएको छ।
संघले सरकारी सवारी साधन ममनोमानि ढंगले दुरुपयोग गरेको,समयमा गरेको बिज्ञापनलाई आफु अनुकुल नहुदा स्वास्थयको परिक्षा हुदा हुदै बहाना बनाई स्थगित गरिएको,नगर कार्यपालिकालाई बन्धकमा राखि समयमा नगर सभा नगरेको,आफ्नो मनोमानि ढंगले योजना बाडफाड गरी समग्र नगरको गौरवका दिर्घकालिन योजनालाई राष्टिय योजना आयोगमा सिफारिस नगरेको,कार्यलय प्रमुख आफ्नो हैसियतमा नबसि नगर बासिलाई च्यालेन्जिङ शब्द प्रयोग गरि नगर कार्यपालिकालाई सामाजिक सञ्जालमा बदनाम गरेको ,नियम अनुसार ठेक्का पट्टा नगरि मनोमानि ढंगले ठेक्का कोटेसनमा लिने दिने र मनोमानि राजस्व उठाउदा समेत एक्सन नलिएको,कर्मचारीको सरुवा हुनु स्वभाविक हो,तर क्वाटर नछोड्नु च्यालेन्ज गर्नु राति राति फोन गरि अरुलाई हैरान पार्नु,विधि विधानमा नबस्नु रमाना नबुझ्नु नैतिक पतन कार्य गर्नु कर्मचारीलाई समयमा तलब भत्ता नदिनु लगायतका कार्यमा ध्यानाकर्षण गरेको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ । मागहरु सम्बोधन नभए सम्म तालाबन्दि नखोलिने जिल्ला संघका अध्यक्ष चन्दले बताएका छन ।