कञ्चनपुर। कञ्चनपुरमा ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्तीबाट ४ ग्राम ब्राउन सुगर सहित दुई जना युवाहरुलाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने हरुमा पुनर्वास नगरपालिका ११ अमरबस्ती बस्ने वर्ष ३२ को सविन महर्जन र वर्ष २६ को राजु बिक रहेको प्रहरीले जनाएको छ। लागूऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा उनिहरुलाई लागू औसध सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लको नेतृत्वमा खटिएको प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त प्रहरी टोलिले लागू औसध सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो।