डोटी। सुदूरपश्चिम कृषि निर्देशनालयमा जनशक्ति अभाव भएको छ । कृषि निर्देशनालयमा कृषि क्षेत्रमा नवौंर१०औं तहका कर्मचारीहरूको दरबन्दीहरु रिक्त अवस्थामा रहेको पाइएको हो । कृषि क्षेत्रमा केही नयाँ काम भए पनि जनशक्ति अभावका कारण उल्लेख्य प्रगति हुन नसकेको निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले बताए।
उनले कृषि क्षेत्रमा नयाँनयाँ अनुसन्धान र प्रयोगका लागि आवश्यक जनशक्तिको अभाव रहेको बताए। निर्देशनालयमा सवारी चालक र कार्यालय सहयोगीसहित ३८ जनाको दरबन्दी रहे पनि हाल १६ जनामात्रै कार्यरत रहेको उनले बताए । ६ जना करारका कर्मचारीरहेपनी २२ जनाको त दरबन्दीनै रिक्त रहेको उनको भनाई छ।निर्देशनालयमा ११ तहको निर्देशकको दरबन्दी रहेको छ। सो दरबन्दी रिक्त छ । नवौं र१०औं तहका ८ दरबन्दी छन् तर एक जनामात्रै कार्यरत छन्। उनले निमित्त निर्देशक भएर सुदूरपश्चिमको कृषि क्षेत्रको नेतृत्व गर्दैछन्।
सातौं र आठौं तहका तीन दरबन्दी रहेकामा तीनै जना करारमा कार्यरत रहेको पाण्डेय बताउँछन्। पाँचौं र छैटौं तहका १३ दरबन्दीमध्ये ८ जनामात्रै कार्यरत रहेका छन्। सवारी चालक दुई दरबन्दीमध्ये एकरएक जनामात्रै करारमा कार्यरत छन्। यस्तै कार्यालय सहयोगी चार दरबन्दीमा एक जना करारसहित चारै जनाले काम गरिरहेका छन्।मुख्यतया नवौंर१०औं तहको कर्मचारीले अनुसन्धान गर्ने, नीति बनाउने काम गर्नुपरेको सूचनाअधिकारी पाण्डेय बताए। दरबन्दी नै रिक्त भएपछि काम प्रभावित हुने गरेको उनले बताए। निर्देशनालयले नयाँनयाँ जातका फलफूल बालीहरुको परीक्षण गरिरहेको सूचना अधिकारी पाण्डेयको भनाई छ।