काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का दिइएको बताएका छन्। नेकपा एमालेले धक्का खान सुरु गरेको बताउँदै पहिलो धक्का सुदूरपश्चिमबाट दिईएको भन्दै देशैभरि यो क्रम बढ्ने बताए। जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले अब अन्यत्र पनि सत्ताबाट हटाइने दावी गरेका छन्। सुदूरपश्चिमको सरकारमा अहिले कांग्रेस र नेकपा एसमात्र रहेको बताए ।
‘नेकपा एस कहाँ छ ? यसको काम छैन भनेर एमालेका नेताले भन्थे तर सुदुरपश्चिममा नयाँ सरकार बन्यो, नयाँ सरकारमा कांग्रेस र नेकपा एकीकृत समाजवादी छन्’ उनले भने, ‘हामीसँग मान्छेहरू खुशी नभएका होइनन् तर हामीले त देखायौं । सुदूरपश्चिमबाट उदायौं,नेपालले भने–सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का परेको छ। यो पहिलो शुरुआत हो। हौसला बुलन्द गर्नुस्। यो पार्टीले केही गर्न सक्दैन भन्दै हाम्रो पार्टीलाई भन्नेहरुलाई जवाफ हो । नेपालले निर्वाचनको परिणाम सोचेजति नआए पनि ५० प्रतिशत उम्मेदवार जिताउन सकिएको बताए।
तत्कालीन गठबन्धनभित्र प्रतिनिधि सभामा २५ सीट मागेकोमा २० सीट पाइएको र १० जनाले जितेको बताए । निर्वाचन हामीले सोचेजस्तो नभए पनि उठाएका ५० प्रतिशत उम्मेदवार जिताएका छौं ।’तर, अरुले धेरै सिट पाउँदापनि जित्न नसकेको उनको टिप्पणी छ। राजनीतिक यथास्थितिमा छैन। समानुपातिकका थेरै मतले नचुकेको भए अर्को ४ सिट बढ्ने भन्दै नआत्तिकन संगठन सृदृढीकरणमा लाग्नसमेत उनले आग्रह गरे।सुदूरपश्चिमको सरकार ढल्यो । नयाँ सरकार बन्यो।अध्यक्ष नेपालले सुदूरपश्चिम सरकार ढाल्न आफूले नै कांग्रेससँग् कुरा गरेको र अरुसँग पनि कुरा भएको बताए । नेकपा एस नेपालको राजनीतिको एउटा शक्ति भएको भन्दै नेपालले देशको राजनीतिलाई प्रभावित पार्ने शक्ति आफूसँग रहेको दावी गरे ।सुदूरपश्चिममा एमालेका मुख्यमन्त्री विश्वासको मत नपाइ एक महिनामा हट्नुपरेको थियो । लगत्तै कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भएका छन् । जसलाई नेकपा एसले समर्थन गरेको छ । ३० दिनभित्र उनले पनि विश्वासको मत लिनुपर्छ । कांग्रेस र नेकपा एस मिल्दा पनि २३ सिट मात्रै हुन्छ । तर बहुमतका लागि कम्तिमा २७ सिट आवश्यक पर्छ । भिडिओसहित तल हेर्नुहोस्
https://www.facebook.com/supamedia01/videos/593995022585938