धनगढी : उधोग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले सरकार उधोग सञ्चालन गर्ने नभएर उधोग सञ्चालनको वातावरण श्रृजना गर्ने तिर केन्द्रित भएको बताएका छन् । कैलाली उधोग बाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै भण्डारीले सरकार औधोगिक बिकासमा केन्द्रित भएको बताएका हुन् ।
औधोगिक बिकास गरेरनै देशको बिकास सम्भव हुने र रोजगारी श्रृजना गर्न सकिने कुरालाई मध्यनजर गर्दै सरकारले औधोगिकरणलाइनै पहिलो प्रार्थमिकतामा राखेको भण्डारीले बताए । सरकार आफु उधोग खोल्ने होइन भण्डारीले भने “सरकारले उधोग खोल्नका लागी वातावरण बनाइदिने हो, हामी त्यो वातावरण बनाउने छौँ, औधोगिक क्षेत्र निर्माण गर्ने छौँ र त्यहाँ आवश्यक पर्ने सबै काम गर्ने जिम्मा सरकारले लिने छ, अनी निजि क्षेत्रले लगानी लगाउने छ ।”
अहिले निजि क्षेत्रले जमिन किनेर उधोग सञ्चालन गर्ने स्थिती देखिदैन त्यस कारण सरकारले औधोगिक क्षेत्र स्थापना गरेर निजि गेत्रलाई उधोग स्थापनामा सहयोग गर्ने निति लिएको छ उनले भने “धेरै पटक सुदूरपश्चिमकै नेतृत्वहरुले उधोग मन्त्रालय सम्हालेपनि हुनुपर्ने उपलब्धी देखिएन, छोटो समयका कारण हो या के हो, बिषेशगरी नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओली प्रधानमन्त्री र एमाले सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट उधोग बाणिज्य तथा आपुर्ती मन्त्री हुँदा सुदूरपश्चिमलाई केन्द्रित भएर औधोगिक बिकास शुरु भएको छ, तिनको निरन्तरता र थप बजेट तथा योजना मेरो कार्यकालमा आउने छन् भनेर म बिश्वास दिलाउन चाहान्छु ।”
अहिले उधोग, बाणिज्य तथा आपुर्ती मन्त्रालयमा उधोगहरुको अवस्था हेर्ने हो भने सुदूरपश्चिम र कर्णालीमा देखाउन लायकको उधोगनै छैनन् उनले भने “औधोगिक बिकास त सबै ठाउँको बराबरी रुपले हुनुपर्छ नी, त्यस कारणपनि सुदूरपश्चिम र कर्णालीमा औधोगिक बिकास बढी आवश्यक छ र राज्यको लगानी बढी हुनुपर्छ भनेर लागेको छु ।” हाम्रो पार्टी अध्यक्ष ओली प्रधानमन्त्री तथा लेखराज भट्ट उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री भएको बेला सञ्चालनको पहल भएको दोधरा चाँदनी सुख्खा बन्दरगाह, दैजी छेला औधोगिक क्षेत्रको कामलाई निरन्तरता दिन तथा तिब्र गतीमा काम गराउन म प्रतिबद्ध छु उनाले भने “त्यस संगै डुँडेझारी, हरैया बिषेश आर्थिक क्षेत्रका रुपमा बिकास गर्नुपर्ने छ, बैतडीमा फलाम खानी, पित्तल खानी, दार्चुला, बझाङमा रहेका खानीहरुको अध्यायन संगै प्रयोगमा ल्याउने लगायतका कुरामा म कटिबद्ध भएर काम गर्ने छु ।”
भण्डारीले सुदूरपश्चिमका उधोगी ब्यवसायीहरुलाई कुन क्षेत्रमा सरकारले लगानी गर्नुपर्छ ल्याउन आग्रह गरे । बाहिरबाट कति धेरै माग आइरहेका हुन्छन् सुदूरपश्चिमबाट त्यस्तो मागनै आएन करिब १ महिनामा म सित उनले भने “सबैभन्दा पहिलो प्रार्थमिकतामा मेरो क्षेत्र पर्छ यहाँका लागी के के गर्नुपर्ने हो, यहाँका उधोगीहरु संयुक्त रुपमा आउनुस, म मेरो मन्त्रालयबाट यहाँको बिकासका लागी लगानी गर्ने बिषयमा कुनै कसुुर बाँकी राख्ने छैन ।
चाँडै भारतसँग व्यापार पारवहन सम्झौता गर्ने र विदेशी लगानी नेपालमा भित्र्याउने गरी सरकारले नीति बनाउने उनले सुनाए । ‘मेड इन नेपालको अभियान सुरु गर्दैछौं । औद्योगिक नीति संशोधन गरेर अघि बढाउँछौं’, मन्त्री भण्डारीले थपे, ‘नयाँ आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्रको विकासमा केही नयाँ अनुभूति पाउनुहुन्छ ।’
स्वागत तथा भेटघाट कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरलगायतले औद्योगिक विकास गर्न सहज हुने नीति ल्याउनुपर्नेमा जोड दिए ।