डोटी। डोटी जिल्ला अस्पतालको सेवामा क्रमिक सुधार हुँदै गईरहेको छ। जिल्ला अस्पतालमा सुधारका लागी निरन्तर प्रयास भइरहेको डोटी जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए।
स्वास्थ्य निर्देशनालय राजपुरले अस्पतालको शुसासन ब्यबस्थापन, स्वास्थ्य उपचार सेवा, अस्पताल सहयोग सेवामा गरिएको अनुगमन तथा सर्बेक्षणमा जिल्ला अस्पताल डोटीले ७७ अंक प्राप्त गरेको छ। प्रत्येक ६ महिनामा सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमा अनुगमन तथा सर्बेक्षणगरी अस्पतालको सेवा प्रवाह तथा कार्य सम्पादनका आधारमा मूल्याङ्कन गर्ने गरिएको स्वास्थ्य निर्देशनालय डोटीका न्यूनतम सेवा मापदण्ड कार्यक्रमको सम्पर्क ब्यक्ती सुप्रिया बस्नेतले बताईन्।
यस भन्दा पहिला गरिएको अनुगमनमा ७५ पाएको अस्पतालले दुई अंक थप्दै ७७ अंक प्राप्त गरेको हो। तत्काललाई अस्पताल निर्माणाधिन क्रममा रहेको, एम्बुलेन्स तथा शब बहान नभएका कारण केही अंक कमी भए पनि पक्रियामा रहेका योजना पुरा हुने बित्तिकै अस्पतालले राम्रो सेवा प्रवाह गर्न सक्ने न्यूनतम सेवा मापदण्ड अनुगमन तथा मूल्याङ्कन टोली प्रमुख अर्जुन भट्टले बताए। जिल्ला अस्पतालमा नर्सिङ जनशक्तीको अभाबका एचडियू तथा एनआईसियू जस्ता सेवा प्रवाह गर्न नसकिएको जिल्ला अस्पताल डोटीको मेडिकल सुपरिटेण्डेन निराजन श्रेष्ठले बताए।